रोल्पामा जेसिबी दुर्घटनामा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा आइतबार बेलुका भएको जेसिबी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।दाङको राप्ती गाउँपालिका– ३ मसुरियाका २२ वर्षीय जेसिबीका सहचालक अमृत चौधरीको मृत्यु भएको हो।

रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देविराम भण्डारीका अनुसार जेसिबीको ब्रेक फेल भई सडक किनारमा पल्टिएको थियो। सोही जेसिबीले च्यापिएका चौधरीको घटनास्थलमै मृत्यु भएको हो। घटना आइतबार बेलुका ४ बजेतिरको हो।

दाङदेखि रोल्पाको लिवाङतर्फ जाँदै गरेको इजी कन्स्ट्रक्सन प्रालि दाङको रा १ क ११८७ नम्बरको जेसिबी रोल्पा नगरपालिका– १ भदौरेस्थित लिवाङ सातदोबाटो खण्डमा दुर्घटनामा परेको हो। दुर्घटनाको सूचना पाउनासाथ जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारू मगरको कमान्डमा १५ जनाको टोली परिचालन गरिएको थियो।

टोलीले च्यापिएका सहचालक चौधरीको शव निकालेर पोस्टमर्टमका लागि अस्पताल पठाएको हो।उक्त दुर्घटनाका कारण सडक पूर्ण रूपमा अवरूद्ध रहेकामा बेलुकी सवा ६ बजेतिर पुनः सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ। जेसिबी चालक दाङको राप्ती गाउँपालिका   ३ मसुरियाका २६ वर्षीय सुमन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस