दाङ उवासंघको निर्वाचन : २ हजार ३ सय ५७ मत खस्यो

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । आज शनिबार सम्पन्न भएको निर्वाचनमा २ हजार ३ सय ५७ मत खसेको छ । संघमा ३ हजार ३ सय ५८ जना मतदाताहरु रहेका छन् ।

नेतृत्व चयन गर्नका लागि २ प्यानबीच प्रतिस्पर्धा रहेको रहने छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको उवासंको बहुउदेशीय सभा हलमा बिहान ८:४० बाट सुरुभएको मतदान बेलुका ५ बजेसम्म चलेको थियो ।

निर्वाचन स्थलमा मतदानका लागि ६ वटा वुथ राखिएको थियो । दाङ जिल्ला उद्योग वाणिज्य संघमा निर्वाचन मार्फत २० जना निर्वाचित हुने छन् ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस