एक हप्ताको अवधिमा ८ जनालाई सर्पले डस्यो

दाङ । दाङमा एक हप्ताको अवधिमा ८ जनालाई सर्पले डसेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत असोज ५ गतेदेखि १२ गते शुक्रबारसम्म जिल्लाका विभिन्न स्थानमा ८ जनालाई सर्पले डसेको हो ।  यस्तै  तुलसीपुर  ८ अश्वार बस्ने २७ वर्षीया पूर्णिमा डाँगी वलीलाई घरबाट बजार आउने क्रममा नाम नखुलेका सर्पले गत असोज ५ गते  दायाँ खुट्टामा डसेको थियो ।

उनलाई  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याई उपचार गरिएको थियो ।  यस्तै राजपुर गाउँपालिका  ४ मोतिपुरुवा बस्ने  ४० वर्षीय दिनेश कुमार गुप्तालाई खेतमा  काम गर्ने क्रममा  असोज ६ गते नाम नखुलेका सर्पले दाहिने खुट्टामा  डसेको थियो ।

 उनलाई लमही अस्पताल लमहीमा ल्याई उपचार गरिएको थियो ।  यस्तै असोज ९ गते  बिहान साढे ९ बजेतिर बबई गाउँपालिका ३ रामपुर बस्ने २४ वर्षीया शीतल घर्तीलाई घर नजिकै बनमा घाँस काट्न  गएको बेलामा नाम नखुलेका  विषालु सर्पले दाहिने खुट्टामा डसेको थियो ।

उनलाई  उपचार लागि  राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिए ।  यसैगरी सोही दिन दिउँसो पौन १ बजेतिर तुलसीपुर उपमहानगरपालिका  ७ पर्सेनी बस्ने ५६ वर्षीय  भोजराज भण्डारीलाई  खेतमा घाँस काट्ने क्रममा नाम नखुलेको सर्पले दाहिने खुट्टामा डसेको थियो ।

उनलाई पनि उपचारको लागि  राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ ।  यस्तै असोज ९ गते बेलुका ६ बजेतिर राजपुर गाउँपालिका २ बेला बस्ने १३ वर्षीया सृष्टि बुढाथोकीलाई घर नजिकै खेतको आलीमा हिँडिरहेको अवस्थामा नाम नखुलेको विषालु सर्पले दाहिने खुट्टामा डसेको थियो ।

उनलाई पनि उपचारको लागि  लमही अस्पताल लमहीमा ल्याइएको र  उपचार भइरहेको प्रहरीले जनाएको छ ।  यसैगरी सोही दिन राती साढे ११ बजेतिर राप्ती गाउँपालिका २ बाह्रखुट्टी बस्ने १५ वर्षीय संयोग गिरीलाई घरमै बसिरहेको अवस्थामा नाम नखुलेको सर्पले दाहिने खुट्टामा डसेको थियो ।

उनको  लमही अस्पतालमा उपचार भइरहेको छ । यस्तै असोज १ए गते बिहान शान्तिनगर गाउँपालिका २ राउटे चौर बस्ने ३९ वर्षीय नेव  बहादुर खड्कालाई खेतमा पानी लगाउन गएको अवस्थामा नाम नखुलेको विषालु सर्पले बायाँ खुट्टामा  डसेको थियो ।

उनलाई उपचारको लागि  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याई उपचार भइरहेको प्रवक्ता मल्लले जानकारी दिए  । यस्तै सोही दिन  राती करिब साढे ८ बजेतिर   बबई गाउँपालिका  ५ हापुरे ६० वर्षीया भुमा खत्रीलाई भाँडा धुने क्रममा नाम नखुलेको सर्पले बायाँ खुट्टामा डसेको थियो ।  उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस