९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

दाङ ।  दाङमा प्रहरीले  ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  उनलाई  अस्थायी प्रहरी पोष्ट घोराही बसपार्कमा रहेको प्रहरी टोलीले पक्राउ गरेको हो ।  

बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी उनी फरार रहेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका  प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिए । उनका अनुसार  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० असोज १० गते बुधवार
प्रतिक्रिया दिनुहोस