बस दुर्घटना अपडेट : २२ जना घाइते

दाङ ।  काठमाडौँबाट सुर्खेत जान लागेको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । मंगलबार बिहान करिब साढे ६ बजेतिर पूर्व – पश्चिम राजमार्ग अन्तर्गत  लमही नगरपालिका ९ शिव खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

कर्णाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको बस अचानक सडकको साइडमा रहेको कल्भर्टमा ठोकिन गई बाटोबाट करिब १० मिटर तल खसी दुर्घटना हुँदा बसमा सवार ४० जना मध्य २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले जानकारी दिए ।

दुर्घटना पश्चात इलाका प्रहरी कार्यालय अमिलियाबाट गएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारको अस्पतालमा पठाइएको र बस चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ बस्ने ३० वर्षीय कर्ण बहादुर रोका मगर प्रहरीको नियन्त्रणमा लिएको उनको भनाइ छ ।

यस्तै घाइतेहरू केहीलाई उपचारको लागि लमही अस्पताल दाङ र बाँकेको कोहलपुर पठाइएको प्रहरीले बताएको छ । यस्तै वीरेन्द्रनगर नगरपालिका २ बस्ने ६८ वर्षीया गङ्गा देवी पुलामी अवस्था गम्भिर ), उनका ४० वर्षीय छोरा खगेन्द्र पुलामी ( अवस्था सामान्य ) थप उपचारको लागी बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

यस्तै वीरेन्द्रनगर ४ का १९ वर्षीय पवन खत्री , वडा नं. १४ बस्ने ३० सुनाईल थापा, गाडी मालिक ३६ वर्षीय जितेन्द्र भट्टराईको अवस्था सामान्य रहेको छ । यस्तै, बर्दिया गुलरिया नगरपालिका ६ बस्ने ३७ वर्षीय तिलक सुनारको ( अवस्था सामान्य ) थप उपचारको लागि सैनिक अस्पताल राझा बाँके उपचारको लागी पठाइएको छ ।

यस्तै दुर्घटनामा परी सामान्य घाइते हुनेहरूमा भेरी गङ्गा नगरपालिका ७ का ३८ वर्षीय रखबिर बस्याल, सुर्खेत लेकबेसी गाउँपालिका ७ बस्ने २३ वर्षीय शेर बहादुर रावत, दैलेख गुराँसे गाउँपालिका ७ बस्ने २३ वर्षीय प्रदिप बीसी, डुल्लु नगरपालिका ११ बस्ने ३९ वर्षीय गणेश बहादुर शाही सोही ठाउँमा २२ वर्षीय छवि लाल बिक रहेको उनीहरूलाई उपचारको लागि बाँकेको कोहलपुर पठाइएको छ ।

यस्तै वीरेन्द्रनगर १० बस्ने २४ वर्षीय उम कुमारी हमाल वडा नं. २ बस्ने २४ वर्षीय भुपेन्द्र शाही, वडा नं. ५ बस्ने ५४ वर्षीय जगतजंग राना, वडा नं. १२ बस्ने ५२ वर्षीय मक्क बहादुर बूढा, दैलेख भैरवी गाउँपालिका ५ बस्ने ५० वर्षीय बिसाखर रिजाल सोही गाउँपालिका ३ बस्ने २५ वर्षीय कृष्णा आचार्य, दैलेख डुल्लु ५ बस्ने ५१ वर्षीय ऋषि प्रसाद उपाध्याय, वडा नं. १० बस्ने ६८ वर्षीय तेजेन्द्रनाथ योगीको, नारायणी नगरपालिका १० बस्ने २८ वर्षीय रबिन्द्र हमाल, कालीकोट तिला गाउँपालिका ९ बस्ने ३२ वर्षीय जीवन बिक र कञ्चनपुर भीमदत्त नगरपालिका ४ बस्ने ७ वर्षीया सिमिया बोहोराको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस