सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु

सल्यान । सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१ अम्राका अन्दाजी ४५ वर्षीय दीपक कामीको मृत्यु भएको हो।

बालुवा संग्रहीस्थित बांगिरह नजिकै मंगलबार बिहान  कामी भीरबाट लडेर  मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।  उनी भीरबाट झन्डै ३० मिटर तल खसेका थिए।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस