यात्रुवाहक बस दाङमा दुर्घटना हुँदा १५ जना घाइते

दाङ ।  काठमाडौंबाट सुर्खेत तर्फ जाँदै यात्रुवाहक बस दाङमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।  मंगलबार बिहान साढे ६ बजेतिर पूर्व – पश्चिम राजमार्ग अन्तर्गत लमही ९ शिवखोला नजिकको कल्भर्टमा ठोक्किएर बस पल्टिंदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

काठमाडौंबाट सुर्खेत तर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख  ०३६२ नम्बरको यात्रु बाहक बस दुर्घटना भएको हो । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। घाइते मध्य ६ जनालाई उपचारका लागि लमही अस्पतालमा ल्याइएको छ,  भने अन्य ६ जनालाई बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । अन्य तीन जना सामान्य रहेका छन् ।

प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस