आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बिहीबार मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस