तुलसीपुर र राप्तीमा अट्वारी पर्वको अवसरमा बिदा

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिने भएको छ । उपमहानगरले थारू समुदायको बडका अट्वारीको अवसरमा तुलसीपुर उपमहानगरपालिका र मातहतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने भएको हो ।

भदौ ३१ गते पर्ने थारू समुदायको बडका अट्वारीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गरि जानकारी दिएको छ । थारू समुदायले अट्वारी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् ।  भदौ २९ गतेको निर्णय अनुसार बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै दाङको राप्ती गाउँपालिकाले अट्वारी पर्वको अवसरमा भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिएको छ। राप्ती गाउँपालिकाले थारू समुदायको बडका अट्वारीको गाउँपालिका मातहतका कार्यालयहरूमा सार्वजनिक बिदा दिएको हो  भदौ २९ गतेको निर्णय अनुसार बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत जिवराज पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस