आज देशभरको मौसम

काठमाडौं । शुक्रबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा  ​दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। राति कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शनिबार देशका पहाडी क्षेत्रका केही स्थानहरू तथा बाँकी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस