लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ ।  लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभाले सोमबार सूचना जारी गरी आज बैठक बिहीबार १२ बजे बस्ने जनाएको हो । करिब एक महिनापछि लुम्बिनी प्रदेशसभा बैठक बस्न लागेको हो ।

प्रदेश सभाको बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’लाई अगाडी बढाउने तयारी छ । आज बस्ने बैठकको कार्यसूचिमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गर्ने रहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस