हावाहुरी करिब ७ विघामा लगाएको मकै ढले

दाङ । तुलसीपुर उपमहानगरपालिका १४ करङगामा हावाहुरी सहित परेको पानीले गर्दा मकै बाली ढलेका छन् । बढेको मकै यसरी एक्कासि ढल्दा किसानहरू भने चिन्तित भएका छन् ।
यो वर्ष मकै बाली राम्रो छ, भनेर हर्षित भएका किसानहरू प्रकृतिले ठगीदिँदा चिन्तित भएका हुन् । करङगामा मात्रै करिब सात बिघा जमिनमा लगाएको मकै बाली ढलेको छ ।
‘एकाबिहानै बारीमा हेर्दा मकैहरू ढलेका थिए धेरै दुःख लाग्यो यसपालि कमै बाली राम्रो छ भनेर हामी खुशी भएका थियौं, प्रकृतिले ठगेपछि दुखी भएका छौ,‘ स्थानीय हुम बहादुर बस्नेतले भने ।
त्यस्तै अर्का किसान रिखिराम बस्नेतले पनि यो पटक मकैमा कुनै किसिमको रोग लागेको थिएन, मौसमले पनि साथ दिएर मकै राम्रो भए पनि एक्कासि मकै ढलेपछि चिन्ता थपिएको बताए ।
प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस