लुम्बिनीमा प्रदेश निजामती कर्मचारी सेवा ऐन आउँदै
दाङ । लुम्बिनीमा प्रदेश निजामती कर्मचारी सेवा ऐन आउने भएको छ । प्रदेश सरकारले कर्मचारीहरूको हितलाई ख्याल गर्दै कर्मचारीको वृद्धि विकासका लागि प्रदेश निजामती कर्मचारी सेवा ऐन ल्याउन लागेको हो । शुक्रवार बसेको लुम्बिनी प्रदेश मन्त्री परिषद्को बैठकले यस्तो निर्णय समेत गरेको छ ।
बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।
मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेशमा रहेका कर्मचारीहरूको वृद्धि विकास र सहज व्यवस्थापनका लागि सरकारले ऐन ल्याउन लागेको र त्यो छिट्टै कार्यान्वयनको चरणमा जाने बताए । उनले सबैको सुझाव समेटेर ऐन तयारी भएको बताए ।
प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस
