विद्यालयलाई डेस्क, बेन्च तथा खेलकुदका सामाग्री हस्तान्तरण

दाङ । रोटरी क्लब अफ तुलसीपुर सिटीले एक कार्यक्रमका बिच पश्चिम दाङको शान्तिनगर गाउँपालिका ५ स्थित श्री आदर्श माध्यमिक विद्यालय काशिपुरमा शुक्रवार १० सेट डेस्क बेन्च र खेलकुदका सामाग्रीहरू हस्तान्तरण गरेको छ । क्लबका भावी अध्यक्ष पवन कुमार योगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शान्तिनगर गाउँपालिका ५ का अध्यक्ष ओपेन्द्र बहादुर रावतले राज्यको निकायले गर्नुपर्ने यस्ता कार्यहरूलाई रोटरी क्लब अफ तुलसीपुर सिटीले प्राथमिकतामा राखेर सहयोगी हात बढाएकोमा खुशी व्यक्त गरे ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक विजय केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केसीले यस विद्यालयको आवश्यकतालाई सधैँ बोध गरेको बताउँदै विगतमा पनि उक्त विद्यालयमा कम्प्युटर, खानेपानी ट्याङ्की निर्माण गर्नुका साथै शैक्षिक सामाग्री पनि बितरण गरिएको जानकारी दिए ।
साथै उनले अमेरिकामा बसोबास गरिरहेका आप्रवासी नेपालीहरूको आर्थिक सहयोगमा डेस्क बेन्च र खेलकुदका सामाग्री हस्तान्तरण गर्न सम्भव भएकोले ती सहयोगी दाताहरु भोजराज भट्ट, विदुर खतिवडा, देवराज न्यौपाने, गेहेन्द्र केसी, गोपाल रेग्मी, कुलराज न्यौपाने, लीला बहादुर केसी, लीला डाँगी, शिव न्यौपाने, सुधीर रजौरे, टोप बहादुर डाँगी र यज्ञ भण्डारीलाई धन्यवाद दिए ।
कार्यक्रममा श्री आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष द्रोण बहादुर केसी, विद्यालयका प्रधान अध्यापक बिनोद डाँगी, आरसीसी भिलेज काशिपुरमा अध्यक्ष फत्ते बहादुर खड्का, शान्तिनगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, रोटरी क्लब अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष विमल रिजाल, पूर्व अध्यक्ष देव बहादुर केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजिकरण क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले गरेका थिए । क्लबले यस अघि शान्तिनगर गाउँपालिकाकै ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय केराघारीमा पनि १२ सेट डेस्क बेन्च र खेलकुदका सामाग्रीहरू हस्तान्तरण गरेको थियो ।