तुलसीपुर १६ बालश्रम मुक्त वडा घोषणा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ बालश्रम मुक्त वडा घोषणा भएको छ । बुधबार एक कार्यक्रमका बीच बालश्रम र दुव्र्यवहार : छैन हामीलाई स्विकार, बाल अधिकार: हामी सबैको सरोकार भन्ने नाराका साथ वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो । तुलसीपुर उपमहानगरपालिकामा बालश्रम मुक्त वडा घोषणा हुने यो पाँचौ वडा हो । यसअघी वडा नं. १,२,६ र १८ बालश्रम मुक्त वडा घोषणा भई सकेका छन् । बालक्रम मुक्त वडा घोषणा गर्नको लागि विभिन्न सूचक पार गर्नुपर्ने हुन्छ ।

वडा नं. १६ मा जम्मा २ हजार ६३० बालबालिका मध्ये ३५ जना विभिन्न पारिवारिक समस्याले गर्दा आफन्तकोमा बस्दै आएको वडाध्यक्ष शिवानन्द डाँगीले बताए । त्यसमध्ये श्रममा रहेका ४ जना बालबालिकाहरुलाई श्रममुक्त गरेर अध्ययन गर्नको लागि पाँच÷पाँच हजार रुपैया सहयोग गरेको अध्यक्ष डाँगीले बताए । उनका अनुसार २ जना १७ जना बालबालिकाहरुलाई आयआर्जनमा जोडिनको लागि १५/१५ हजार रुपैयाँ सहयोग गरेको जानकारी दिए ।

त्यसैगरी वडाले २० जना बालबालिकाहरुलाई अध्ययनको लागि सहयोग पनि गरेको छ । १६ का वडाध्यक्ष शिवानन्द डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं उपमेयर स्थानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसी, बालविज्ञ नवराज लामिछाने, दुर्गालाल केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले बाटो, स्वास्थ्य खानेपानी, पार्टी पौवा लगायत भौतिक विकास गर्नु मात्रै विकास नभएको बताउँदै बालबालिका, महिला, पिछडिएको वर्षको लागि काम गर्नु पनि एक महत्व पूर्ण विकास भएको बताए । समाज हुने बालश्रम, बाल हिंसा, रोक्नको लागि वडा नं. १६ ले प्रतिवद्धता जनाएको भन्दै उनले धन्यवाद ज्ञापन गरे । साथै उनले बालश्रम मुक्त वडा घोषणा गर्नेको लागि सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनहरुमा पनि वडामा बालश्रम मुक्त घोषणा भएपनि सहि तरिकाले कार्यान्वयन भए नभएको बारेमा पनि ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा उपमेयर स्यानी चौधरीले वडालाई बालश्रम मुक्त वडा घोषणा गरेसँगै सबै बालबालिका विद्यालय जान सकेका छन या छैनन् र उनीहरुको परिवार अवस्थाको बारेमा पनि जानकारी लिनु पर्ने बताईन् । एउटा कार्यक्रम गरेर मात्रै बालबालिका श्रममुक्त हुन नसक्ने बताउँदै स्थानीय सरकारले बालबालिका सहित उनको परिवारको अवस्था पनि परिवर्तन गर्न तर्फ अग्रसर हुनु पर्ने बताईन् । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले तुलसीपुरका सबै वडाहरु बालश्रम मुक्त बनाउन तर्फ सबै जना लाग्नु पर्ने बताए ।

कार्यक्रममा बालविज्ञ नवराज लामिछाने, लिलाधार वली, नविन पोख्रेल, गिरीराज केसी लगायतले बोलेका थिए । कार्यक्रममा वडालाई बालश्रम मुक्त गर्नको लागि सहयोग गर्ने,टोल विकास संस्था, विभिन्न संघ संस्था, पत्रकार लगाउतलाई सम्मान गरिएको थियो भने बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । वडा सदस्य पार्वता कामीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजकिरण सचिव मित्रलाल विकेले गरेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस