नेपाल नेत्र ज्योति संघ दाङ शाखाको सभापतिमा पुनः गिरी निर्विरोध निर्वाचित

दाङ । नेपाल नेत्र ज्योति संघ दाङ शाखाको अध्यक्षमा तेस्रो कार्यकालका लागि पुनः कृष्णकुमार गिरी निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको अधिवेशनले गिरीको नेतृत्वमा १३ जना सदस्यहरू सर्वसम्मत रुपमा चयन गरेको हो ।
जसको सदस्यहरूमा रेशमबहादुर खड्का, भगवती शर्मा ,सुरेन्द्र बहादुर खड्का, श्याम प्रकाश आचार्य, दिनेशकुमार डाँगी , पत्रकार लिला शाह, शारदा चौधरी, घनश्याम सुवेदी, चिरञ्जीवी रिजाल, तिलकबहादुर केसी, पत्रकार कृष्णप्रसाद घिमिरे ( केपी ) र प्रणव कुमार खड्का रहेका छन् । संघको विधान अनुसार अन्य पदाधिकारी केही समय पछि मनोनित गरिने भएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस