रवि लामिछानेका सवारी चालक थापाको निधन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु भनिने दिलबहादुर थापाको निधन भएको छ।
छतबाट खसेर गम्भीर घाइते भएका थापाको मेडिसिटी अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको अस्पतालकी सूचना अधिकारी मनिता पोखरेलले जानकारी दिइन्।
‘आज दिउँसो १ बजेर ३५ मिनेटमा उहाँलाई चिकित्सकहरूले मृत घोषित गर्नुभएको हो’, पोखरेलले थाहाखबरसँग भनिन्, ‘हामीले आफन्तलाई शव बुझाइसकेका छौं।’
थापा चितवनस्थित लामिछानेको घरको तेस्रो तलाबाट वैशाख ४ गते विहान खसेका थिए। ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वैशाख ५ गते सेनाको हेलिकप्टरबाट मेडिसिटी ल्याएर भर्ना गरिएको थियो। थाहाखबरबाट
प्रकाशित मिति : २०८० बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

