आगोबाट जलेर एक वृद्धको मृत्यु

तुलसीपुर । दाङको तुलसीपुरमा आगोबाट जलेर एक जनाको मृत्यु भएको छ । आगोमा जलेर गम्भीर घाईते भएका तुलसीपुर उपमहानगरपालिका–३ सातबास निवासी ६० वर्षिय बलिराज ऐरीको उपचारका लागि अस्पताल ल्याउदै गर्दा शुक्रबार बेलुका साढे ६ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिए ।

ऐरीले सवा ५ बजेतिर गाई बाख्रालाई दाना पकाई निकाल्न लाग्दा सोही आगोमा परी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका ऐरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउदै गर्दा मृत्यु भएको हो । उनको शवलाई अहिले राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस