नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता

दाङ । दाङमा पौडी खेल्ने क्रममा एक जना डुबेर बेपत्ता भएका छन् । प्युठानको झिम्रुक गाउँपालिका ८ घर भई हाल सशस्त्र प्रहरी बल १९ नम्बर गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार रामबहादुर सुनारका अन्दाजी १२ बर्षिय छोरा विवेक सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।
सुनार आज अपरान्ह ४ बजेतिर राप्ती नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको उनले बताए । घटना लगत्तै ईलाका प्रहरी कार्यालय भालुबाङबाट ७ तथा सशस्त्र ३० गरि ३७ जनाको टोलीले खोजी कार्य जारी राखेको उनले बताए ।
प्रकाशित मिति : २०७९ चैत्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस