भोट माग्दा आश्वासन दिए, जितेपछि हेरेनन्

दाङ । तुलसीपुर उपमहानगरपालिका १५ पहरुवाकी रचना रैदासले विगत २ वर्षदेखि छिमेकीको घरको कुवाको पानी खाँदै आएकी छन् । गाउँमा सार्बजनिक धारा तथा कुवा नहुँदा उनले आर्थिक अभावका कारण छिमेकीको घरको कुवाको पानी खाँदै आएको बताइन् । उनले निर्वाचनको बेला नेताहरु भोट माग्न आउँदा कुवा दिने आश्वासन दिएको भएयता पनि आफुले अहिलेसम्म नपाएको गुनासो गरिन् । उनले भनिन्,‘ विगत २ वर्षदेखि हामी छिमेकीको घरको कुवाको पानी खाँदै आएका छौँ । आफ्नो घरमा कुवा बनाउन भने पनि आर्थिकका कारण सकिदैन् । एउटा कुवा बनाउनका लागि ४०र ५० हजार खर्च हुन्छ । पोहोरसालको चुनावमा भोट माग्न आउँदा कुवा दिन्छौँ, भनेर भोट मागे । तर, अहिले कुवा माग्न जाँदा दिँदैन् ।’

उनले कुवाको लागि वडा कार्यालयमा गएको भन्दै नपाएको गुनासो गरिन् । अहिले कुवाको बजेट आएको थाहाँ पाएपछि वडा कार्यालयमा गएको र वडाले छिमेकीलाई नै दिएको जानकारी दिएको बताइन् । उनले भनिन्,‘ हामीले तपाईँको घर नजिकै एउटा कुवा दिएका छौँ । यदि उनीहरुले खेतमा कुवा खन्न दिएमा तपाईँलाई कुवा पर्न पनि सक्ला, नसक्ला पनि भन्ने जवाफ पाए । जसमा घरमा कुवा छ । जो आफ्नो नजिकको मान्छे हो । त्यसैले सबै कुराहरु पाउँछन् । हामी जस्ता गरिबदुखीहरुले कसरी पाउन सक्छौँ ।’ उनले खानेपानी छिमेकीको घरबाट ल्याउने गरेको भएयता पनि नुहाँउनको लागि खोलामा जानु पर्ने बाध्यता रहेको उल्लेख गरिन् । यस्तै उनले यदि छिमेकीको घरबाट पानी ल्याउन नपाएको अवस्थामा आफुहरुले पानी खान नपाउने समेत बताइन् । उनले आफ्नो समस्याको समाधान गरिदिन समेत आग्रह गरेकी छन् ।

यस्तै तुलसीपुर उपमहानगरपालिका १५ ले अतिविपन्न घर परिवारलाई भनेर सावर्जनिक कुवा वितरण ग¥यो । वडाको बजेटबाट १२ वटा सार्बजनिक कुवा वितरण गरेपनि ति कुवा भने अतिविपन्नको घरमा पुग्न सकेनन् । हुने खाने र समाजका टाँठाबाठालाई नै दिइयो । सामुदायिक कुवा भनेपनि ब्यक्तीगत घरभित्र राख्न थालेपछि त्यसको विरोध भएको छ । तर, नजिकै रचना रैदासको घर छ । भुह्यारथान टोलमा ३ वटा कुँवा मध्ये सुन्दर रैदास, अमृत बुढा र पण्डितको घरमा त्यसरी कुवा उपलब्ध गराईएको थियो ।

यस्तै कार्यवाहक वडाध्यक्ष मंगल चौधरीले भने वडा कार्यालयको ५ लाख बजेट अनुसार १२ वटा कुवा टोल संस्थाको माग बमोजिम दिएको बताए । उनले वडाका २४ वटा टोलहरु रहेको टोलहरुको माग बमोजिम अनुसार नै कुवा वितरण गरेको बताए । उनका अनुसार एउटा कुवाको लागि वडाले ४० हजार रकम दिएको छ । उनले भने,‘ हामीले टोलको माग बमोजिम नै कुवा दिएका छौँ । तर, ति मध्य एउटा कुवा मात्र विवादित भएको छ । त्यसलाई पनि हामीले बैठकबाट निर्णय गर्ने तयारी गरेका छौँ । ’

यस्तै विगतमा एउटा कुवाको लागि वडाले ५० हजार दिने गरेको भएयता पनि आफ्नै पहलमा समुदायको पनि अपनत्व होस् भनेर ४० हजार दिएको र समुदायले पनि केही रकम लगाउनु भन्ने उदेश्य रहेको पनि उनको भनाइ छ । यस्तै पैसालाई कम गरेर वडाका सबै नागरिकलाई पानीको पहुँच पु¥याउनको लागि धेरै कुवा पाउँन भनेर काम गरेको पनि बताए ।

यस्तै भुह्यारथान टोलका शिवराम चौधरीले वडा कार्यालय आफूहरुलाई जानकारी नदिएर टोलमा कुवा दिएको बताए । उनका अनुसार आफ्नो टोलमा कहाँ र कसलाई कुवा दिएको भन्ने जानकारी नपाएको बताए । उनले वडाले सार्वजनिक ठाउँमा भन्दा ब्यक्तिगत रुपमा कुवा दिएपछि त्यसको विरोध गरेको समेत बताए । उनले भने,‘ हामी सबैको एउटै उदेश्य भनेका टोलका सबै नागरिकहरु पानी खानेबाट बञ्चित नहुने भन्ने नै हो । तर, वडाले कुवा भएको घरमा फेरि कुवा दिएपछि त्यसको हाम्रो विरोध हो । जुन उदेश्यले दिनु पर्ने हो। त्यही अनुसार नै दिनु पर्छ, भन्ने हाम्रो भनाइ हो ।’

प्रकाशित मिति : २०७९ चैत्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस