सूचना प्रबिधिलाई थप प्रभावकारी बनाउन ३ दिने क्षमता अभिबृद्धि तालीम

तुलसीपुर । सूचना प्रबिधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले आजबाट तुलसीपुर उपमहानगरपालिका सूचना तथा प्रविधि शाखाले तीन दिने क्षमता अभिबृद्धि तथा सूचना प्रविधिमा पहुँच विषयक तालीमको उद्घाटन गरेको छ ।
तुलसीपुर उपमहानगपालिकाको सभाहलमा सुरु भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले कामलाई थप प्रभाबकारी बनाउनका लागि सेवाग्राही र कर्मचारीहरुको बिचमा आपसी मेलमिलाप हुनु जरुरी रहेको बताइन् । सूचनाको हकमा सबैको समान पहुँच हुनुपर्ने र नगरपालिकालाई सुचनाको क्षेत्रमा अग्रनी बनाउनका लागी कर्मचारीहरुको भुमिकामा भर पर्नुपर्ने र त्यसले नै नगरपालिकालाई थप फराकिलो बनाउने भएकाले कर्मचारीहरुलाई इमान्दारीताका साथ काम गर्न निर्देशन दिइन ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ललित बहादुर घर्तीले सुचनाको हकमा कर्मचारी, जनप्रतिनिधि र सेवाग्राहीहरु बिचमा के कस्तो सम्बन्ध राख्ने र नगरपालिका र वडालाई कसरी अगाडी बढाउने बिषयमा बिषेश ध्यान दिनुपर्ने कुरा बताए । उद्घाटन सत्रको समापन गर्दे कार्यक्रमका अध्यक्ष सुसासन समितिका संयोजक तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष धर्मराज वलीले कार्यक्रमको सफलताको शुभकामना दिदैँ सुचनालाई आम जनताहरु संग कसरी जोड्ने र यसका लागी कर्मचारीहरुको भुमिका अनिबार्य कसरी गर्ने भन्ने कुरा यस तालीमको मुख्य उदेश्य रहेको र यसका लागी नगरपालिकाले के कस्ता कामहरु गर्ने र यसमा कर्मचारीहरुको भुमिका कस्तो रहने भन्ने बिषयमा बिशेष छलफल हुनुपर्ने कुरा बताए । साथै उनले कर्मचारीलाई कुनैपनि प्रलोभनमा नपरी काम गर्न निर्देशन समेत दिएका थिए ।
बन्दसत्रको उद्घाटन कार्यक्रमलाई सुचना शाखाका प्रमुख बाबुराम न्यौपानेले सञ्चालन गरेका थिए । बन्दसत्रको समापन संगै तालीमको उदेश्य र कार्यक्रमको बारेमा प्रकाश पार्दै कार्यक्रमका सञ्चालक बाबुराम न्यौपानेले प्रबिधिको प्रयोग कसरी गर्ने र त्यसका मापदण्डहरु के के हुन भन्ने बिषयमा कर्मचारीहरु चनाखो हुनुपर्ने बताउदै सुचना प्रबिधिलाई सहि तरिकाले सञ्चालन गर्नमा कर्मचारीहरु जिम्बेवार हुनुपर्ने बताए । कार्यक्रममा १ देखि १९ नम्बर वडा कार्यालयमा कार्यरत कर्मचारी र स्वास्थ्य शाखा, महाशाखा र स्वास्थ्य चौकीका कर्मचारीहरुको सहभागीता रहेको थियो । सुचना र प्रबिधिको प्रयोग बारे सुचना प्रबिधि अधिकृत सबिन केसीले कार्यक्रममा थप जानकारी दिएका थिए ।