लागूऔषध दुर्व्यसनीको अवस्था बिकराल छ : प्रजिअ बैद्य

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले पछिल्लो समय लागूऔषध दुव्र्यसनीको अवस्था बिकराल रहेको बताए । लागुपदार्थ सेवनकर्ताले समाजमा समस्या बढाएको उनको भनाइ छ । पछिल्लो समय लागूऔषधको जोखिम बढेको भन्दै यसको न्यूनीकरण गर्नका लागि सबैको भुमिका महत्वपूर्ण रहेको बताए । यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बिरबहादुर ओलीले स्थानीय तहले वडा–वडा पुगेर सचेतनाका कार्यक्रम गर्नुपर्ने बताए । प्रहरी एक्लैले कुनै पनि काम गर्न गाह्रो हुने भन्दै सबैको साथ आवश्यक रहेको बताए ।

त्यसअवसरमा घोराही कारागारका प्रमुख लक्ष्मण सिङ राठौरले लागूऔषधले समाजमा अपराधसंगै चोरीका घटना बढेको बताए । तीन बर्ष अघिको तथ्यांक हेर्दा नेपालभर १ लाख ३० हजार ४ सय २४ बढी मानिस लागूऔषधको कुलतमा फसेको बताए । अहिले घोराही कारागारमा मात्रै ९० जना कैदी बन्दी लागूऔषध मुद्दाको रहेको बताए । राप्ती ईन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा. भिमसेन गिरी, राष्ट्रिय अनुसन्धान बिभागका प्रतिनिधि लगायतले समाजमा हुने कुनै पनि विकृतिलाई न्यूनीकरण गर्न अभिभावक, विद्यालय सचेत हुनुपर्ने बताएका छन् । विशेष गरि विद्यार्थी युवाहरू कुलतमा फसेको भन्दै यिनिहरुको निगरानीमा सबैले चाँसो दिनुपर्ने बताएका छन् ।

यस्तै मनोपरामर्शदाता शैलेष शर्माले नेपालको सन्दर्भमा लागूऔषध सेवन गर्नेमा १२ बर्षदेखि २० बर्षको उमेर समुहका रहेको बताए । सुरुवाती दिनमा लागूऔषध कस्तो हुन्छ भनि चाख्ने बानीले बिस्तारै दुव्र्यसनी फसेको बताए । उनका अनुसार नेपालमा सबैभन्दा धेरै लागूऔषधको रुपमा गाँजा प्रयोग हुने गरेको छ । त्यसपछि ट्याब्लेट, अफिमबाट बनेका ब्राउनसुगर, हिरोइन, सुघ्ने औषधि, कडा खालका औषधि रहेका छन् । अहिले दाङमा १७ वटा भन्दा धेरै सुधारकेन्द्र रहेको भन्दै धेरै जो कोहि पनि मानिस्ले साथीको दबाबमा कुलतको बाटो रोजेको बताए ।

कार्यक्रममा नयाँ पाईला पुर्नस्थापना केन्द्रका सल्लाहकार सुष्मा गिरीले लागू पदार्थ सेवनले सामाजिक, मानसिक, मनोबैज्ञानिक, आर्थिक रुपमा नकारात्मक असर पार्ने बताए । लागूऔषध दुव्र्यसनीले समाजमा महिला हिंसा फैलाएको उनको भनाइ छ । सम्बन्ध बिच्छेदका घटना बढेको बताइन् । लागूपदार्थ दुव्र्यसनी न्यूनीकरण गर्नका लागि घर परिवार, समाज र सिंङ्गो राज्य लाग्नुपर्ने बताइन् ।

नार्काेनन नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले प्रशिक्षण दिदै कुनै पनि खाएर लाग्ने पदार्थ लागू पदार्थ भएको बताए । उनले लागूऔषध नियन्त्रणका लागि सबै सचेत हुनुपर्ने बताए । जुनसुकै लागूपदार्थले मानिसमा असर गर्ने मात्र नभएर समाजमै विकृति फैलिएको बताए । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष ताराबहादुर डाँगीले यस्ता कार्यक्रमले समाजमा हुने गतल काममा खबरदारी गर्ने बताए । आगामी दिनमा वडाले टोलटोलमा सचेतना मुलक कार्यक्रम गर्ने र एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । लागू पदार्थ दुव्र्यसन सम्बन्धि अभिभावक प्रशिक्षण कार्यक्रममा सहभागीहरुले गाउँ समाजमा सबैभन्दा समस्याको विषय लागूऔषध दुव्र्यसनी रहेको बताएका छन् ।

समाज कल्याण दाङको आयोजना तथा नयाँ पाईला पुर्नस्थापना केन्द्रको सहयोग एंव राप्ती ईन्जिनियरिङ कलेज घोराहीको व्यवस्थापनमा कार्यक्रम भएको हो । समाज कल्याण केन्द्र दाङका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुशील बैद्यको प्रमुख आतिथ्यता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

समाज कल्यानका दाङका उपाध्यक्ष निरजा पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव जानका केसीले गरेकी थिइन् । केन्द्रकी बिनु दाहालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ चैत्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस