दाङको जनसंख्या ६ लाख ७४ हजार ९९३

दाङ । दाङको जनसंख्या करिब ७  लाख नजिक पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औँ जनगणना २०७८ को सार्वजनिक गरेको अन्तिम तथ्याङ्क अनुसार जिल्लाको जनसंख्या ६ लाख ७४ हजार ९९३ रहेको छ ।  यस्तै  जिल्लामा  पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ ।  जसमा ३ लाख २० हजार ५७३ अर्थात् ४७ दशमलव ५ प्रतिशत पुरूष छन्, भने  ३ लाख ५४ हजार ४२० अर्थात् ५२ दशमलव ५ प्रतिशत महिला रहेका छन् ।

जिल्लाका १० स्थानीय   तह मध्ये सबैभन्दा बढी जनसंख्या घोराही उपमहानगरपालिकामा रहेको छ,  भने सबैभन्दा कम बंगलाचुली गाउँपालिकामा रहेको छ । घोराही उपमहानगरपालिकामा २ लाख ५३० जनसंख्या रहेको छ, भने बंगलाचुलीमा २२ हजार ३७३ रहेको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिकामा १ लाख ७९ हजार ७५५, शान्तिनगर गाउँपालिकामा २७ हजार ६४१, बबई गाउँपालिकामा ३० हजार ९६८, दंगीशरण गाउँपालिकामा २३ हजार ६६८ जनसंख्या रहेको छ । यस्तै लमही नगरपालिकामा ५९ हजार ५०, राप्ती गाउँपालिकामा ५२ हजार १२३, गढवा गाउँपालिकामा ४५ हजार ८९८ र राजपुर गाउँपालिकामा २८ हजार ३४६ जनसंख्या रहेको छ । २०६८ सालको जनगणनामा दाङको जनसंख्या ५ लाख ५२ हजार ५ सय ८३ थियो ।

प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस