प्रतिष्ठानले फोहरमैला व्यवस्थापन गरेर मासिक ४० हजार गर्दै आम्दानी

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङले स्वास्थ्य जन्य फोहरमैला व्यवस्थापन गरेर मासिक ४० हजार आम्दानी गर्दै आएको छ । उचित व्यवस्थापन हुन नसके मानव स्वास्थ्यमा गम्भिर असर पार्ने स्वास्थ्य जन्य फोहरमैला व्यवस्थापन गरेर मासिक ३५ देखि ४० हजार आम्दानी गर्दै आइरहेको प्रतिष्ठानका डेपुटी रजिष्ट्रार झन्कार लामिछानेले बताए । उनका अनुसार आम्दानी रकम प्रतिष्ठानले फोहोरमैला व्यवस्थापनमा खर्च गर्ने गरेको छ । डेढ वर्षदेखि प्रतिष्ठानले छुट्टै इकाई नै स्थापना गरी अत्याधुनिक प्रशोधन गर्ने उपकरण मार्फत फोहरलाई अलग अलग गरी निर्मूलीकरण गर्ने काम गरिरहेको र उक्त फोहरबाट आम्दानी समेत भइरहेको उनको भनाइ छ ।
बुधवार स्वास्थ्य जन्य फोहर मैला व्यवस्थापनमा भइरहेको प्रगतिबारे जानकारी दिन प्रतिष्ठानमा आयोजित कार्यक्रममा विद्यमान स्वास्थ्य मापदण्डलाई पालना गरेर प्रतिष्ठानले गुणस्तरीय सेवा दिइरहेको जानकारी गराइएको थियो । सेवा प्रवाहका क्रममा उत्पादन हुने फोहर संकलन गरी त्यसको उचित व्यवस्थापन गर्न प्रतिष्ठानले योजनावद्ध ढंगले काम गरिरहेको समेत जनाएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति यव शिक्षाध्यक्ष डा. बसन्त लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य जन्य फोहर मैला व्यवस्थापनमा भइरहेको कार्यबारे प्रतिष्ठानका डेपुटी रजिष्ट्रार लामिछानेले प्रकाश पारेका थिए ।
नेपाल सरकार र GIZ को प्राविधिक सहयोगमा भइरहेको स्वास्थ्य जन्य फोहर मैला व्यवस्थापन कार्यक्रममा भइरहेको प्रगतिका बारेमा ध्भकत West Service का CEO सन्तोष पौडेल का साथै सो सर्भिसका श्री दिपेन्द्र उप्रेती फिल्ड कोअर्डिनेटर केशव खड्काले कार्य प्रगति बारे प्रकाश पारेका थिए । कार्यक्रममा एकीकृत स्वास्थ्य फोहरमैला प्रवर्द्धनको अवस्था, नेपालमा फोहर व्यवस्थापनका विषयमा भइरहेका अभ्यास, स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा निस्कने फोहर, त्यसको जोखिम र व्यवस्थापनमा गर्नुपर्ने उपायका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले श्रोतमै फोहर घटाउनु पर्ने, फोहर व्यवस्थापनका लागि स्थानीय सरकारले गर्नुपर्ने सहयोग र संस्थाहरूले पनि समन्वय गर्नुपर्ने, फोहर व्यवस्थापनका लागि स्वास्थ्य संस्था स्वयंले गम्भिर ढंगले योजना बनाई लाग्नुपर्ने, मानिसहरूको व्यवहारमा सुधार ल्याउनुपर्ने लगायत कुरामा जोड दिएका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्ती, ठाकुर खनाल, सरसफाइ शाखाका अरुण अधिकारी, विपद् व्यवस्थापन शाखाका सुनिल शर्मा लगायतले अव घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले थालेको उदाहरणीय कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु गरे । सात दिन सम्म चल्ने छलफल कार्यक्रममा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूलाई चरणबद्ध रुपमा Orentation Training गरिने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।