सहिद स्मृति विद्यालयको सिभिल लुम्बिनीमै उत्कृष्ट

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका १७ स्थित सहिद स्मृति आवासीय विद्यालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, लुम्बिनी ( सिटिइभिटी ) को यस वर्षको नतिजामा लुम्बिनी प्रदेशमा नै उत्कृष्ट हुन सफल भएको छ । परिषदले बिहीबार निकालेको नतिजा अनुसार सो विद्यालयमा अध्यापन हुने डिप्लोमा इन सिभिल इन्जिनियरिङ पहिलो वर्ष पहिलो सेमेस्टरमा विद्यालयले ६१.७६ प्रतिशत विद्यार्थी पास गराएर लुम्बिनी प्रदेशमै पहिलो हुन सफल भएको हो ।

गतवर्ष भएको परीक्षामा लुम्बिनी प्रदेशमा रहेका सिभिल इन्जिनियरिङ पढाइ हुने ३० वटा विद्यालय सहभागि भएका थिए । सिटिइभिटीका अनुसार सो कार्यक्रममा लुम्बिनी प्रदेशमा गतवर्ष जम्मा १ हजार १८ विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये लुम्बिनी प्रदेशभरि जम्मा १ सय ९४ जना विद्यार्थी मात्र पास भएका छन् ।

विद्यालयका प्रधानाध्यापक धनेश्वर पोख्रेलले विद्यार्थी तथा प्रशिक्षकहरूको मेहनतले यो नतिजा हात पार्न सफल भएको जानकारी दिए ।
विद्यालयमा २०७६ साल देखी सिटिइभिटी अन्तर्गतको डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाइ हुँदै आएको छ । विद्यालयका प्रधानाध्यापक पोख्रेलले हाल विद्यालयले दक्ष प्रशिक्षक, पूर्ण भौतिक पूर्वाधार, उत्कृष्ट ल्याब , विद्यार्थीका लागि छात्रवृति, सहिद अपांग तथा घाइते परिवारका विद्यार्थीका लागि शुल्कमा विशेष छुट सहित विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएको जानकारी दिँदै आगामी दिनमा विद्यार्थीहरूका लागि सेवा सुविधा थपिने पनि जानकारी दिए ।

प्रकाशित मिति : २०७९ चैत्र ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस