दैलेख केन्द्रविन्दु भएर गयो ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं । दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेटमा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर २ वटा भूकम्प गएका थिए।
प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस