लुम्बिनी प्रदेश स्तीरय बास्केटबल प्रतियोगीता हुँदै
दाङ । लुम्बिनी प्रदेश स्तरीय थ्री ए साईट बास्केटबल प्रतियोगीता २०७९ भोली शुक्रबारदेखि सुरु हुदैछ । दाङ जिल्ला बास्केटबल संघको आयोजनामा संचालन हुने प्रतियोगीता घोराही १८ सालघारी बास्केटबल कोर्डमा हुनेछ । प्रतियोगिताको औपचारिक उद्घाटन बिहान साढे सात बजे गरिने तय भएकोछ ।
दुई दिनसम्म चल्ने प्रत्योगीतामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १० टिमको सहभागिता रहने जिल्ला बास्केटबल संघ दाङका अध्यक्ष बिपिन केसिले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपबिजेता टिमले नगद १५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछ भने प्रतियोगीताको व्यक्तिगत बिधा तर्फ खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई सर्वाेउत्कृट खेलाडि र एक जना उदयमान खेलाडि घोषित गरि ट्रफी प्रदान गरिने अध्यक्ष केसीले जानकारी दिए । यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा दाङ जिल्ला बास्केटबल संघ र सोल्टी स्क्वार्ड घोराही भिड्नेछन् । खेल साढे ८ बजे हुने आयोजकले जानकारी दिएको छ ।
