सारङ्गि बाजालाई संरक्षण गर्नुपर्छ : बिश्वकर्मा

तुलसीपुर । १२औं सारङ्गी दिबस दाङमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिबसका अबसरमा सारङ्गि उत्पादन समूहले बिहीवार (आज) तुलसीपुर ४ गणेशटोलमा एक कार्यक्रमको आयोजना गरेको छ । सो अबसरमा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मण बिश्वकर्माले सारङ्गि बाजालाई संरक्षण गर्नुपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बिश्वकर्माले सारङ्गि बाजा मौलिक कला र संस्कृति अन्तर्गत पर्ने महत्वपूर्ण बाजा भएको भन्दै यसलाई जगेर्ना गर्नुपर्ने बताउ ।

पछिल्लो समय यो बाजा लोप हुन थालेको हुँदा यो बाजालाई संरक्षण गर्न गन्धर्व समुदायको मात्र नभई राज्यको पनि दायित्व भएको बताए । समुहका अध्यक्ष गणेश गन्धर्वको अध्यक्षतामा भएको कार्यक्रममा उनले तुलसीपुर उपमहानगरपालिकाले गन्धर्व समुदाय लगायत समग्र मौलिक कला र संस्कृतिलाई संरक्षण तथा प्रबद्र्धन गर्ने योजनाका साथ काम गरिरहेको बताए ।

साथै उनले तुलसीपुर उपमहानगरपालिकाले दलित शसक्तिकरण सम्बन्धि बिधेयक २०७९ ल्याउने तयारी भएको हुँदा त्यसमा दलित समुदायको समग्र सवाल र दलित समुदाय अन्तर्गतका विभिन्न मौलिक कला तथा संस्कृतिलाई सम्बोधन गर्ने बताए ।

सो अबसरमा तुलसीपुर ४ का वडा सदस्यहरू दोर्ण बहादुर घर्ति, कमला बिक, निजामती कर्मचारी सेवा निबृत्त तथा सारङ्गि बिज्ञ शोभाकर न्यौपाने र नेत्रहीन संघ दाङका सदस्य गणेश गन्धर्व लगाएतले सारङ्गि बाजालाई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । यो कुनै समुदायको कला संस्कृति नभएर राज्यकै गहना भएको उनिहरुले बताएका थिए ।

कलाकार तथा गन्धर्व समाज अघुवा सुशील गन्धर्वको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सारङ्गि बाजाका गुरु शालिकराम गन्धर्व, गोपाल गन्धर्व, सुशील गन्धर्व ,गणेश गन्धर्व लगाएतले कला प्रस्तुत गरेका थिए, भने कार्यक्रमको सहजीकरण समुहका सचिब राम बहादुर बैरागीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस