एनसिसिका बिद्यार्थिलाई प्रमाण पत्र बितरण ः अनुशासित नागरीक र कर्तब्य पालना गर्नु पर्नेमा गणपति महर्जनको जोड

दाङ //
दाङको घोराहि स्थित रतनपुरमा रहेको गुरुकुल एकेडेमि बाट एनसिसि तालिममा सहभागि भएका बिद्यार्थिहरुलाई प्रमाणपत्र प्रदान गरीएको छ । आज बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी बिद्यार्थिहरुलाई अभिभावकको उपस्थितिमा प्रमाणपत्र बितरण गरीएको हो । बिद्यालयमा ३५ दिनको एनसिसि तालिम सफल गरी नेपाल सरकार र नेपाल आर्मिको आयोजनामा भएको १५ दिने तालिममा गुरुकुलका बिद्यार्थिहरु सहभागि भएको थिए । तालिमबाट बिद्यार्थिहरुले उत्कृष्ट नृत्य अर्वाड पनि हात पारेका थिए । सोहि अवशरमा बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसि र रणसिंह दल गण घोराहिका प्रमुख गणपति रबिन्द्र महर्जनले संयुक्त रुपमा प्रमाण पत्र प्रदान गर्नुभएको थियो । आफ्ना बालबालिकाहरुले तालिममा सहभागि भई सफलता हासिल गरेको भन्दै अभिभावकले खुसि ब्यक्त गर्नुको साथै यो महत्वपुर्ण कामको लागि बिद्यालय परीवारलाई धन्यबाद समेत प्रदान गरेका थिए ।


तिन जना सम्मानित
एनसिसि तालिममा बिद्यार्थिहरुलाई सहभागि गराई सफलता हासिल गर्न बिभिन्न क्षेत्रबाट नेतृक्त्व गरेका ब्यक्तिहरुलाई कदर पत्र सहित सम्मान गरीएको छ । सम्मानित हुनेमा एनसिसि इन्चार्ज तथा अनुसासन बिभाग प्रमुख वाङ डि भुतिया , नृत्य प्रशिक्षक सुसिला पोख्रेल र राष्ट्रिय सेवा दल प्रशिक्षक जमदार ओम बहादुर घर्ति रहनुभएको छ । उँहाहरुले एनसिसि तालिम सफल गर्नको लागि आ–आफ्नो क्षेत्रबाट निकै महत्वपुर्ण योगदान गर्नुभएको थियो ।


अनुशासित नागरीक , कर्तब्य पालना र युवाहरु देशको लागि अवको मेरुदण्ड भएको स्पष्तोक्ति
रणसिंह दल गणका गणपति रबिन्द्र महर्जनले नागरीकमा अनुसासन सहित कर्तब्य पालना हुनुपर्नेमा जोड दिनुभएको छ । युवाहरु देशको अवको मेरुदण्ड भएको औल्याउदै यस्तो बताउनु भएको हो । प्रमाण पत्र बितरण समारोहका प्रमुख अतिथि समेत रहनुभएको महर्जनले बिद्यार्थिहरुलाई घोकन्ते बिद्या मात्र नभई अनुसासित मानिस , कर्तब्य पालना लगायतका गुणहरु पनि हुनुपर्ने बताउनुभएको हो । गुरुकुल एकेडेमिमा हुने बिभिन्न अतिरीक्त कृयाकलाप लाई नजिकबाट नियाल्नुभएका महर्जनले पढाई संगै बिद्यार्थिहरुले अन्य कुराहरु पनि सिक्न पाएको बताउनुभएको हो । देशभरीबाट एनसिसि तालिममा छनोटमा पर्न सफल भएको भन्दै बिद्यालयलाई बधाई ज्ञापन गर्दै आगामि दिनको शुभकामना समेत ब्यक्त गर्नुभएको थियो । गणपति महर्जन पनि गुरुकुल एकेडेमिका अभिभावक हुनुहुन्छ ।

गुरुकुल एकेडेमिका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा तथा रणसिंह दल गण घोराहिका गणपति रबिन्द्र महर्जनको प्रमुख आतिथ्यतामा भएको प्रमाण पत्र बितरण समारोहको सहजिकरण सहायक प्रधानाध्यापक मुकुन्द गिरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस