ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
दाङ । तुलसीपुर उपमहानगरपालिका १६ का ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । वडाका १६ जनालाई ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।
वडाध्यक्ष शिवानन्द डिसीको अध्यक्षता तथा उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण गरिएको हो । ज्येष्ठ नागरिक समाजका इतिहास भएको भन्दै उनीहरूको सम्मानमा न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष डीसीले बताए । त्यस्तै बा आमालाई न्यानो कपडा वितरण गर्न पाउँदा खुशी भएका छौं ।

प्रमुख अतिथि चौधरीले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताइन् । त्यस अवसरमा कार्यपालिका सदस्य यमुना परियार, ज्येष्ठ नागरिक वडाध्यक्ष लोकबहादुर वली, वडा सचिव मित्रलाल बिक लगायतको सहभागिता रहेको थियो । त्यसैगरी सञ्चालन बालबालिका तथा सामाजिक विकास शाखाकी माया श्रेष्ठले गरेकी थिइन् ।



प्रकाशित मिति : २०७९ पुष २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस
