ओलि वंशको समन्वय समाजको अन्तरकृया कार्यक्रम सम्पन्न

दाङ
ओलि वंश समन्वय समाज नेपाल दाङको अन्तरकृया कार्यक्रम आज घोराहिमा सम्पन्न भएकोछ । नेपाल पत्रकार महासंघको सभाहलमा आज एक कार्यक्रमको बिच अन्तरकृया सम्पन्न गरीएको हो । कार्यक्रममा ओलि वंशको मन्दिर निर्माण तत्काल गरीनुपर्ने , दाताहरुले दिएको जग्गा संरक्षण गरीनुपर्ने र गोत्रको बारेमा पनि बिबाद रहेका कारण यसको बारेमा पनि बृहत छलफल गरीनुपर्ने बक्ताहरुले बताएका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको सम्बोधन गर्दै ओलि वंश समन्वय समाज नेपालका केन्द्रिय अध्यक्ष हरी वलीले वंशका सम्पुर्ण काम साढे १ बर्ष भित्र गरीने बताएका थिए । अध्यक्ष वलीले वंशका मन्दिर तथा वंश उत्थानको चित्रण गर्दे सम्पुर्ण वली एकताबद्ध भएर लाग्नुुपर्ने बताएका हुन ।

कार्यक्रममा ओलि वंश समन्वय समिति दाङका सल्लाहकार डां. विन बहादुर वली , प्रदेश अध्यक्ष मिनराज ओलि ,केन्द्रिय उपाधयक्ष बेचन वली ,केन्द्रिय संरक्षक जागेश्वर ओलि,केन्द्रिय संरक्षक अमर बहादुर वली ,तथा केन्द्रिय अध्यक्ष हरी ओलिले मन्तब्य राखेका थिय । ओलि वंश समन्वय समाज नेपालकी जिल्ला सदस्य दिपा ओलिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा जिल्ला अध्यक्ष रेख बहादुर ओलिले गरेका थिए ।
ओलीको बंशावली तयार गरिने जसका लागि बिभिन्न उप समिति गठन
ओलीको बंशावली तयार गरिने भएको छ । ओली बंश समन्वय समिति दाङको आयोजनामा शुक्रवार घोराहीमा भएको भेला तथा अन्तरक्रिया कार्यक्रमले ओली बंश समन्वय समितिका केन्दीय अध्यक्ष हरि वली, ,केन्द्रिय सल्लाहाकार , छविकिरण वली, जिल्ला सल्लाहाकार डा बिनबहादुर वली, केन्द्रिय संरक्षक जागेश्वर वली र अमरबहादुर वली सदस्य रहेको बंशावली तयारी समिति गठन गरेको हो । कार्यक्रमले ओलीहरुको उद्गमस्थल सामाखोला मारढुंगामा कुलदेवकोता चित्रालेखी पिनालेखी मन्दिर निर्माण गर्ने निर्णय गरेको छ । जसका लागि आर्थिक तथा जग्गा संरक्षण समिति गठन गरेको छ । जसमा ओली बंश समन्वय समिति दाङका अध्यक्ष रेखबहादुर ओली, प्रदेश अध्यक्ष मिनराज ओली, उमबहादुर ओली, टोपबहादुर ओली, डा.चित्रबहादुर ओली, डम्मर ओली र दिपक ओली रहेका छन् । यसैगरी केन्द्रिय उपाध्यक्ष बेचन ओलीको संयोजकत्वमा , नेत्रलाल ओली, सोमबहादुर ओली, गणबहादुर ओली, दिपा ओली, केशव ओली, इन्द्र ओली रहेको संगठन निर्माण समिति गठन गरीएको छ । ललितबहादुर ओलीको संयोजकत्वमा दलबहादुर ओली,हरिबहादुर ओली,मिनराज ओली र रेखबहादुर ओली सदस्य रहेको अनुगमन समिति गठन गरेको छ । बैठकले कानुनी सल्लाकारमा प्रेम ओलीलाई चयन गरेको छ । समाजका लागि दाताहरुले नारायणपुर र मनिकापुरमा दिएको जग्गाको संरक्षण गर्ने तथा समाजको वृह्त भेला गर्ने समेत निर्णय गरेको छ । ओली बंश समन्वय समिति दाङका अध्यक्ष रेखबहादुर ओलीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष हरि ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको कार्यक्रमको सहजीकरण पत्रकार तथा समाजका जिल्ला सचिव दिपक वलीले गरेका थिए ।