तुलसीपुरले जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण र न्यानो कपडा दिने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरण गर्ने भएको छ । दोस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख खड्काले यस्तो जानकारी दिएका हुन् ।

उनले जेष्ठ नागरिकहरुको सम्मान स्वरुप ८४ वर्ष उमेर पुगेका पालिकाभित्रका जेष्ठ नागरिकहरुलाई घरमै पुगेर विशेषज्ञसहितको स्वास्थ्य परीक्षण गरिने बताए ।

जेष्ठ नागरिक नगर सञ्जालका अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा हामी सबैको सरोकार जेष्ठ नागरिकको अधिकार भन्ने नाराका साथ दिवस मनाइएको हो ।

कार्यक्रममा कार्यपालिका सदस्य यमुना परियार,वसन्ता केसी, सामाजिक तथा महिला विकास शाखाका प्रमुख माया श्रेष्ठ, जेष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी लगायतकाले बोलेका थिए ।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस