दाङमा प्रतिनिधिसभाको १४ हजार बढि मत बदर

दाङ । दाङमा प्रतिनिधिसभाको १४ हजार बढि मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार तीन वटै क्षेत्रमा प्रतिनिधिसभा सदस्यको गरि १४ हजार ७ सय ९ मत बदर भएको छ । जम्मा २ लाख ४८ हजार १ सय ३९ मत खसेकोमा ५.९२ प्रतिशत मत बदर भएको हो ।

जसमा क्षेत्र नंं.१ मा ८७ हजार २ सय ६७ मत खसेकोमा ४ हजार ५ सय ८० मत बदर भएको छ । जुन ५.८५ प्रतिशत रहेको छ । त्यस्तै दाङ क्षेत्र नं. २ मा ७९ हजार ३ सय ३७ मत खसेकोमा ४ हजार ७ सय ६ मत बदर भएको छ । जुन ५.९३ प्रतिशत रहेको छ ।

त्यस्तै दाङ क्षेत्र नं.३ मा ९० हजार ५ सय ३५ मत खसेकोमा ५ हजार ४ सय २३ मत बदर भएको छ । जुन ५.९९ प्रतिशत हो ।

प्रदेशमा करिब १२ हजार मत बदर
त्यस्तै दाङका ६ वटा प्रदेश निर्वाचन क्षेत्रमा करिब १२ हजार मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीका अनुसार ११ हजार ८ सय ३३ म तबदर भएको हो । जुन ४.७७ प्रतिशत रहेको छ । दाङमा ४ लाख १४ हजार ९ सय ५६ मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस