यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशका उच्च पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ ।

आज राति प्रदेश–१ र वाग्मती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुनेछ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस