स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

दाङ । दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा घोराही उपमहानगरपालिका ९ नयाँवस्ती भन्ने स्थानमा सोहि ठाउँ निवासी सोभाराम विककी १३ महिनाकी छोरी पुष्पा विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिए ।

नारायणपुरबाट विद्यार्थीलाई छोड्न गाउँ गएको बसको ठक्करबाट विकको मृत्युु भएको हो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिव्रगतिका कारण दुर्घटना भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस