दाङ क्षेत्र नं. ३ को मतगणना सुरु

दाङ । दाङ क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । विहान १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले बताए ।

क्षेत्र नं. ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदाता मध्ये ९० हजार एक सय ५० मत खसेको छ । क्षेत्र नं. ३ को भू–तथा जलाधार ब्यबस्थापन कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ ।

तुलसीपुरमा गठबन्धनबाट काँगेसका दीपक गिरी, एमालेबाट कोमल वली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमल सुवेदी उम्मेदवार छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस