राप्ती नदीमा मृत अवस्थामा भेटिए बडहराका निश्चल यादव

गढवा । गढवा गाउँपालिका वडा नम्बर १ बडहराका निश्चल यादवलाई मृत अवस्थामा प्रहरीले फेला परेको छ । यादव शनिबार दिउँसो १२ः१५ बजे कपाल काटेर नुहाउन गएको बेला राप्ती नदीमा डुबेर हराएका थिए । आज चौथौ दिन डुबेको स्थानदेखि पश्चिम तिर झोलुङ्गे पुलको सिधा तल मृत अवस्थामा भेटिएको रामसुरत यादवले जानकारी दिए ।

१६ वर्षिय निश्चल यादव बुध्द ज्योति माध्यमिक विद्यालय गढवामा कक्षा दशमा अध्ययनरत थिए । यही कार्तिक २६ गते दिउँसो कपाल काटेर साथीसँग नदीमा नुहाउन गएका यादव नुहाउने क्रममा राप्ती नदीमा डुवेर वेपत्ता भएका थिए । कपडा धुन गएका महिलाहरुले डुब्दैन गरेको देखेर हारगुहार गरी स्थानीयलाई खबर गरेका थिए ।

जानकारी पछि तत्काल नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट र स्थानीय हुवाहरु पानीमै पसेर तिन दुई दिन खोजी गरे तर पनि कुनै सफल्ता मिलेको थिएन । तेस्रो दिन सेनाको टोली, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली, स्थानीयहरु र समशेरगञ्जबाट आएको तालिम प्राप्त गोताखोर टोली लागेका दिनभरी खोजतलास गरे तर फेला पार्न सकेका थिएनने ।

चौथो दिन बिहान करिब ८ः४५ बजे डुबेको ठाउँ भन्दा दुई सय मित्र पश्चिम झोलुङ्गे पुलको नजिकै फेला परेको पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस