पश्चिमी वायुको सामान्य प्रभाव, देशका केही भागमा आंशिक बदली

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशका केही भागमा सामान्य बदली रहने जन तथा मौसम पूर्वानुमन महाशाखाले जनाएको छ । हाल पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ । प्रदेश १ र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहेको छ ।

प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी आज राती प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २०७९ कार्तिक ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस