हाइस पल्टिदा ४ जना घाइते

तुलसीपुर । तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ज ७९२ नम्बरको हाइस हाइस दुर्घटना भएको छ । अमिलिया सडकको भञ्ज्याङमा उक्त हाइस पल्टिदा ४ जना घाइते भएका छन् ।

घाइते हुनेमा हाइस चालक बाँके निबासी २७ वर्षीय राजन बिक गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

त्यसैगरी अन्य घाइतेहरूमा सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का २६ वर्षीय नारायण कुवँर, तुलसीपुर वडा नं १६ की ५५ वर्षीया सरिता बस्नेत र दंगीशरण गाउँपालिका वडा नं १ का ५३ वर्षीय टोपेन्द्र बहादुर विष्टको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

हाइस अनियन्त्रित भएर दिउँसो ३ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस