खोलाले बगाउँदा ३ बर्षका बालकको मृत्यु

दाङ । दाङको तुलसीपुरमा खोलामा बगेर ३ बर्षका बालकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ८ अश्वाराको श्रवण टोल निबासी जीवन बस्नेतका ३ बर्षका छोरा ललित बस्नेत रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । दिउँसो ११ बजे गहते खोला र पातुखोलाको दोभानमा आमाले लुगा धुने क्रममा बालक बगेको प्रहरीले बताएको छ ।

‘खोलामा लुगा धुँदै गरेकी आमाले छेउँमै खेल्दै गरेका बालककलाई नदेखेपछि खोजी गरिन । भेटिएनन् । पछि सबैतिर खबर गरेर खोज्दै जाँदा करिब एक सय मिटर तल झ्याङमा मृत अवस्थामा भेटिए ।’ प्रहरी निरीक्षक केसीले भने ।

आमासंगै अर्की चार बर्षकी छोरी पनि संगै गएकी थिइन् । खोलाको छेउँमा दुई । भाइबिना खेल्दै गरेपनि बालिकाले आमालाई तत्कालै भन्न नसकेको र आमाले पनि थाहा नपाएपछि दुःखद् घटना भएको अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सहसचिव जया घर्तीले जानकारी दिइन् ।

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस