मोटरसाईकलको ठक्करबाट दाङमा बालकको मृत्यु

दाङ । दाङमा मोटरसाईकलको ठक्करबाट ४ बर्षका बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका ७ खैरेनी निबासी केशव डाँगीको ४ बर्षका छोरा स्मार्ट डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

हापुरेबाट तुलसीपुर तर्फ गइरहेको रा ७ प ३१३१ नम्बरको मोटरसाईकलको ठक्करबाट घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाईकल चालक शान्तिनगर गाउँपालिका २ निबासी अर्जुन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना खैरेनिमा पौने पाँच बजे भएको थियो ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस