खाल्डोमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु

दाङ । तुलसीपुर उपमहानगरपालिका ६ स्थित हात्ती खौवा नजिकै खाल्डोमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १ बयालेकोट निवासी ४४ वर्षीय लुम प्रसाद भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनलाई स्थानीयले सोमबार बिहान खाल्डोमा जमेको पानीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
वेवारिसे अवस्थामा हिड्ने भण्डारीको मादक पदार्थ सेवन गरेर खाल्डोमा परी मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले बताए । मृतकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस