लुम्बिनीसहित ५ प्रदेशमा विहानैखि वर्षा, दिउँसो पनि हुने

दाङ । दाङमा जुवाको खालबाट सशस्त्र प्रहरीका जवानसहित १५ जना जुवाडे पक्राउ परेका छन् । पश्चिम दाङको बालापुरमा जुवा खेलिरहेको अवस्थामा ५ लाख बढी रकम सहित १५ जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा २९ नम्बर गण भालुबाङमा कार्यरत सशस्त्र प्रहरीका जवान कृष्णमान चौधरी, दंगिशरण ५ का वडा सदस्य कमल वली, हिरा योगी समेत गरेर १५ जना रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त टोलिले जुवाडेको साथबाट ५ लाख २८ हजार ३ सय ४० रूपैँया बरामद गरेको छ ।  प्रहरीले  पक्राउ परेकाहरुलाइ मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७९ असोज २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस