दशैंमा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । यस वर्षको दशैंका  दिन लुम्बिनी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असोज १९ गते विजया दशमीका दिन केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो।

महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै सो दिन लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशहरुका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।त्यस्तै, दशमीको भोलिपल्ट पनि ति क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल बंगालको खाडीमा विकसित न्युन चापीय क्षेत्र उत्तरपश्चिमतर्फ सर्दै जाने भएकाले असोज १८ गतेदेखि नेपालमा पनि यसको प्रभाव पर्ने र दशैंका दिनहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस