सल्यानमा जिप दुर्घटना, आठ जनाको मृत्यु

दाङ । सल्यानको कपुरकोटमा आज बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।

नेपालगञ्जबाट कपुरकोट ६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा दुर्घटनामा परेको हो । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रवक्ता खनालले जानकारी दिए ।

जिपमा सवार नौ जना रहेको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष होमबहादुर खड्काले जानकारी दिए । उनका अनुसार जिपमा सवार कपुरकोट गाउँपालिका वडा नम्बर ५ र ६ का रहेका थिए । बिहेमा नेपालगञ्जबाट फर्किदै गरेको जिप बिहान करिब २ बजेतिर दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस