आजको मौसम : केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौं । हाल देशभरको मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस