शिवालिक बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा

तुलसीपुर । तुलसीपुरस्थित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारणसभा शनिबार तुलसीपुरमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अनुपकुमार श्रेष्ठको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यमा संपन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष देववहादुर केसीले स्वागत गरेका थिए । साधारणसभामा सचिवको प्रतिवेदन तुफानबाबु श्रेष्ठ र कोषाध्यक्षको प्रतिवेदन खुमबहादुर न्यौपानेले प्रस्तुत गरेका थिए ।

सहकारीका निवर्तमान अध्यक्ष विजयकुमार केसीले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रममा शेयर सदस्य बिष्णु कुमारी केसी तथा कुशल तर्ताल, संस्थाका पूर्व उपाध्यक्ष टोप बहादुर डांगी, सल्लाहकार बिमल रिजाल, संस्थापक अध्यक्ष राजेन्द्र बहादुर बस्नेतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अबसरमा संस्थामा असल ऋणिहरुका तर्फबाट प्रकाश खड्का र पूजा पाण्डेलाई सम्मानित गरिएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव तुफानबाबु श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस