पाचौ सांकेतिक भाषा दिवस

तुलसीपुर । राप्ती बहिरा संघको आयोजनामा पाँचौ अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइएको छ । संस्थाका अध्यक्ष रिता चौधरीको अध्यक्षता एवम नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बहिरा संघका निर्देशक प्रतिमा शर्माले बहिरा विद्यार्थीलाई परेको समस्याका बारेमा जानकारी गराउनुभएको थियो । उनले तत्कालै बहिरा विद्यार्थीका लागि छात्रावासको व्यवस्थापनको माग गरेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख टीकाराम खड्काले बहिरा विद्यार्थीहरुका लागि ठाउँको सुनिश्चिता भएपछि भवन निर्माणका लागि बजेटको व्यवस्थापन गरिने बताए । उनले बहिरा विद्यार्थीहरुको पठन पाठनका लागि पालिकाको तर्फबाट व्यवस्थापन गरिने बताए । उनले बहिरा बालबालिकाको शिक्षाका लागि राज्यबाट विशेष व्यवस्थापन गरिने बताए । कार्यक्रममा विशिष्ट अतिथि चेतना चौधरी, पत्रकार शुसील बस्नेतलगायतका वक्ताहरुले मन्तव्य व्यक्त राखेका थिए ।

कार्यक्रममा उपाध्यक्ष हिरा विश्वकर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए । माध्यमिक विद्यालय अश्वारामा कक्षा एकदेखि १२ सम्म एक सय ५० जना बहिरा विद्यार्थीहरु अध्ययरत रहेका छन् । राप्ती बहिरा संघले अश्वारामै ५० जना बहिरा बालबालिकाहरुका लागि छात्रावासको व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस