परालमा उम्रेको च्याउ खाँदा गम्भीर बिरामी

दाङ । दाङमा  परालमा उम्रेको च्याउ खाँदा एक महिला गम्भीर बिरामी भएकी छन्।

तुलसीपुर उपमहानगरपालिका १६ उत्तर कुह्ररिया निवासी ७१ वर्षीया जोगेनी चौधरीले बिहीबार बिहान करिब साढे १० बजेतिर घरनजिक राखिएको परालमा उम्रिएको च्याउ खाँदा गम्भीर बिरामी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए।

उनको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ। उनको अवस्था अहिले पनि गम्भीर नै रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस