दाङको एयरपोर्ट सरकारको प्राथामिकता रहेको छ : मन्त्री श्रेष्ठ

दाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्ट विकास गर्नेमा सरकारको प्राथामिकता रहेको बताए । बिहीबार स्थलगत निरीक्षण गर्न दाङ आएका मन्त्री श्रेष्ठले अब धेरै समय निराश नहुन आग्रह गरे । उनले भने, ‘यो एयरपोर्ट विकास र विस्तारको लागि सरकारको प्राथामिकतामा परेको छ । म यहाँबाट गएपछि अर्थमन्त्रीसँग भेट गरेर बजेटको सुनिश्चिता लागि प्रक्रियाहरू पनि अगाडि बढाउने छु । यो एयरपोर्टमा ७२ सिटको विमान सञ्चालन गर्नको लागि विकास गर्नुपर्छ ।’

२०११ सालमा स्थापना भएर २०१७ सालदेखि सञ्चालनमा आएको एयरपोर्ट आज यही अवस्थामा हुँदा यहाँका स्थानीय रूमा निराश छाएको भन्दै अब धेरै समय निराश बन्नु पर्ने अवस्था नहुने पनि आश्वासन दिए । उनले ७२ सिट जहाज बस्ने मिल्ने गरी एयरपोर्ट विस्तार गर्ने भन्ने कुरामा आफूहरूले निरीक्षण गर्न आएको पनि बताए । उनले आफूहरूले यो एयरपोर्ट बनाउनु पर्छ, भन्ने उद्देश्यका साथ सकारात्मक दृष्टिले आएको पनि बताए । साथै, उनले जिल्लाबाट निर्वाचित मन्त्रीहरूले पनि एयरपोर्ट विस्तारको लागि आफूलाई भन्दै आइरहेको पनि बताए ।

नले दाङमा जनघनत्व बढ्दै गइरहेको अवस्थामा अहिलेको एयरपोर्टले काम गर्ने भएकाले यस एयरपोर्टमा ७२ सिटको विमान सञ्चालन हुनुपर्छ, भन्ने कुरामा सरकारले पनि प्राथामिकतामा रहेको बताए । उनले नागरिक उड्यन प्राधिकरणका महानिर्देशक लगायतको टोली नै आएर निरीक्षण गरेको बताए । उनले भने,‘ एयरपोर्ट सम्बन्धी काम गर्ने हाम्रो टोली नै यहाँ आएको छ । तपाईँहरूले पनि बुझ्न सक्नु हुन्छ । सरकारले यस एयरपोर्टलाई कति प्राथामिकता दिएको छ ।’ यस्तै उनले अहिले मोटामोटी रुपमा सर्व भएको भएयता पनि यसलाई पूरा रुपमा सर्व गर्ने र काम अगाडि बढाउने पनि बताए ।

उनले भने, ‘सकभर दशैँ अगाडि नभए दशैँ पछाडि सर्वेको काम हुन्छ । कुन जग्गा सार्वजनिक पर्छ, कुन जग्गा ब्यक्तिको पर्छ । त्यसको लागि अब लगत्तै सर्वेको काम हुन्छ । त्यो आउने बित्तिकै हामीले बजेट सुनिश्चिता गरेर काम अगाडि बढाउँछौँ ।’ उनले विगतका सरकारको जस्तो अहिलेको सरकारको उद्देश्य कुनै एउटा जिल्लालाई मात्र साधन स्रोत खन्याउने नभएको पनि प्रस्ट पारे । उनले भने, ‘विगतका सरकारले एउटै जिल्लामा मात्र स्रोत साधन खन्याउने गर्दथ्यो । झापा मात्र सबै हो ? भन्ने थियो । तर, अहिले हाम्रो त्यस्तो छैन् ।’

उनले अहिलेको सरकारले देशको साधन स्रोतलाई समानुपातिक रुपमा बाँड्नू पर्छ, र सबैको एउटा पहुँच अवस्था निर्माण गर्नु पर्छ, भन्ने मान्यता रहेको पनि उल्लेख गरे । उनले देशको भौगोलिक अवस्था रहेको छ, त्यसमा सबैभन्दा सजिलो हवाइ सञ्जालबाट जोड्ने कुरा महत्वपूर्ण रहेको भन्दै अहिलेको सरकारले यो कुरालाई उच्च प्राथामिकतामा दिएर कामहरू अगाडि बढाइरहेको बताए । उनले अहिले विभिन्न जिल्लाहरूमा एयरपोर्ट बनाउने कुराहरू भइरहेको पनि जानकारी दिए ।

यस्तै उनले नेपाललाई सिजनमा मात्र नभइ १२ महिना पर्यटकको गन्तव्य बनाउने कुरालाई अहिलेको सरकारले अगाडि सारेको पनि उल्लेख गरे । उनले बाह्य तथा आन्तरिक पर्यटकहरू धार्मिक तथा अन्य पर्यटकीय स्थलमा आउन र जानको लागि हवाई सञ्जाल एकदमै महत्वपूर्ण रहेको पनि बताए । यस्तै उनले नेकपाको दुई तिहाइको सरकार हुँदा र यहाँबाट निर्वाचित भएका मुख्यमन्त्री हुँदा यहाँको विकास धेरै भएको जस्तो आफूलाई लागेको भएयता पनि तर, कुनै खास काम हुन नसक्नेको अवस्था रहेको पनि बताए ।

यस्तै कार्यक्रममा शहरी विकास मन्त्री मेटमणि चौधरीले टरिगाउँ एयरपोर्टको स्तरवृद्धिका विस्तारका सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताए । उनले एयरपोर्टको स्तरबृद्धिका लागि जति चाहिन्छ, बजेट व्यवस्थापन गर्ने जिम्मा आफूहरूको भएको भन्दै यसको विषयमा तुलसीपुर उपमहानगरपालिकाका मेयरसँगै सम्बन्धित वडाका वडाध्यक्षले यसको विषयमा चासो दिनु पर्ने बताए । २०११ सालमा बनेको टरिगाउँ एयरपोर्ट पछिल्लो समय झन खस्किदै गएको भन्दै उनले एयरपोर्टमा ७२ सिटे विमान बस्न सक्ने क्षमता भएयता पनि विभिन्न कारण देखाउदै नियमति जहाज उडान हुन नसकेको बताए ।

यस्तै नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले धेरैको प्रयत्नपछि एयरपोर्टको स्तरोन्नति सँगै बजेट सुनिश्चित भएको बताए । पर्यटन श्रेष्ठ, सहरी विकास मन्त्री चौधरीसहित एयरपोर्टको अनुगमनको लागि आएका राज्यमन्त्री केसीले एयरपोर्टको स्तर उन्नतिका लागि आफूहरूले सक्दो पहल गर्ने बताए । अहिले एयरपोर्ट विस्तारको लागि एक प्रकारको परिस्थिति निर्माण भएको बताउँदै यहीलाई आधार मानेर भविष्यमा जो आएपनि एयरपोर्ट विकासको काम निरन्तर अगाडि बढ्ने उनले बताए ।

अहिले एयरपोर्टको धावनमार्ग साढे ७ सय मिटर रहेको छ । अहिले एयरपोर्टमा हप्तामा ३ दिन नेपाल एयरलाइन्सले १९ सिटे टुइनेटर उडान गर्दै आएको छ । अहिले दाङ काठमाडौं हवाई भाडा न्यूनतम भाडा ८ हजार ८१० छ, भने अधिकतम १२ हजार ६६४ रहेको छ । काठमाडौं भन्दा दाङ आउँदा भने त्यसको दुई सय रुपैयाँ बढी हुन्छ ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस